प्रदेश लेखा नियन्त्रक कार्यालय बिराटनगर, मोरङ कोशी प्रदेश, प्रदेश सरकारको संचित कोष सञ्चालन गर्ने जिम्मेवार निकाय हो । आर्थिक प्रशासन सम्बन्धमा आवश्यकतानुसार महालेखा नियन्त्रक कार्यालयसँगको समन्वयमा यस कार्यालयले प्रदेश संचित कोषको लेखा अद्यावधिक रुपमा राख्ने तथा सो को वार्षिक बित्तीय विवरण तयार गर्ने कार्य गर्नुका साथै प्रदेश भित्रका सबै सरकारी कारोबारको एकिकृत बित्तीय विवरण तयार गरी महालेखा नियन्त्रक कार्यालय र महालेखा परीक्षकको कार्यालयमा पेश गर्ने कार्य गर्दछ । यसै गरी आफ्नो कार्य क्षेत्रभित्रका कार्यालयहरुको संघीय र प्रदेश सरकारबाट प्राप्त भएको अनुदान, राजस्व वाँडफाँडबाट प्राप्त रकम, आन्तरिक आय तथा ऋण र अनुदान समेतको विवरण र आफ्नो क्षेत्र भित्रका स्थानीय तहको आर्थिक कारोबारको छुट्टाछुट्टै र एकिकृत विवरण तयार गरी महालेखा नियन्त्रक कार्यालयमा पठाउने जिम्मेवारी समेत यस कार्यालयमा रहन्छ । संघीयताको कार्यान्वयन सँगै स्थापना भएको यस कार्यालयले विनियोजन, राजश्व, धरौटि तथा नेपाल सरकारबाट प्राप्त हुने बैदेशिक अनुदान र ऋण सहायता तथा ल...